सुदूरपश्चिम

सामान्य विवाद हुँदा खुकुरी प्रहार, एकको मृत्यु

इकागज |
असोज ६, २०८० शनिबार ७:१६ बजे

सांकेतिक तस्बिर

लेकगाउँ (बझाङ)- बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् । “सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ”, चौधरीले भने ।


उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।


Author

थप समाचार
x