सुदूरपश्चिम

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

इकागज |
भदौ ३०, २०८० शनिबार १०:५० बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते)प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । 

भोलि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ ।


तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् । 

कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन् ।


Author

थप समाचार
x