सुदूरपश्चिम

अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
भदौ २८, २०८० बिहीबार ७:५ बजे

कैलाली- डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति भीमदत्त राजमार्गअन्तर्गत हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा सवार वीरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाइएको प्रहरी निरीक्षक नायकले बताए । 


अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको उनले बताए । दुई जना मृत र एक जना घाइते भेटिए पनि अटो रिक्सा भने अझै फेला नपरेको नायकले जानकारी दिए ।


Author

थप समाचार
x