सुदूरपश्चिम

वडा सचिव पन्त मृत फेला

इकागज |
भदौ २६, २०८० मंगलबार १०:२४ बजे

सांकेतिक तस्बिर

डडेल्धुरा- डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका–२ हो ।


अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से५प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले सडक दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्त यस अगाडि अमरगढी –१० का सचिव थिए । रासस


Author

थप समाचार
x