सुदूरपश्चिम

नक्कली महसहित भारतीय पक्राउ

इकागज |
भदौ २४, २०८० आइतबार १९:२६ बजे

कैलाली - प्रहरीले नक्कली महसहित मह बनाउने भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । 

आइतबार दिउँसो प्रहरीले धनगढी उपमहानगरपालिका–२ फनपार्क स्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक मोहम्मद साहरीको छोरा ३० वर्षीय जुमाइदिन अन्सारीले चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको सामग्री बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीले प्लाष्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस चार सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाई र चिनी ५० किलो बरामद गरिएको जनाएको छ।

अन्सारीसंगै बरामद सामाग्रीलाई थप अनुसन्धानका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी बुझाएको बताउदै अन्सारीलाई भने प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
 


Author

थप समाचार
x