सुदूरपश्चिम

सडकमाथिबाट खसेको ढुंगाले लाग्दा गुडिरहेकाे मोटरसाइकलमा सवार एककाे मृत्यु

इकागज |
भदौ २४, २०८० आइतबार ८:४६ बजे

कैलाली । सडकमाथिबाट खसेको ढुंगाले टाउकोमा लाग्दा मोटरसाइकल पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा डडेल्धुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको ढुंगाले लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकले दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरकोे मोटरसाईकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेको बताए ।


टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आईतबार बिहान उनको मृत्यु भएको हो ।

मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x