सुदूरपश्चिम

शिखर नगरपालिकाका मेयर बलायरमाथि आफ्नै स्वकियलाई खुकुरी प्रहार गरेको आरोप

इकागज |
भदौ १, २०८० शुक्रबार ११:२८ बजे

कैलाली- डोटीको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नामाथि खुकुरी प्रहार गरेको आरोप लागेको छ । मेयर बलायरको सचिवालयमा काम गर्दै आएका राजेश ठगुन्नाले बलायरले आफूमाथि खुकुरी प्रहार भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

ठगुन्नाले टाउकोमा चोट लागेको सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।


घटना के कारणले भएको हो भनेर अहिलेसम्म पुष्टि हुन नसकेको डोटी प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा बुझ्न मेयर बलायरलाई फोन गर्दा उनले फोन उठाएनन् ।


Author

थप समाचार
x