सुदूरपश्चिममा तीन मन्त्रीले लिए सपथ, कार्यभारसमेत आजै सम्हाले
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा आज दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र नेपाली कांग्रेसबाट शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्ति गरिएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीद्वयलाई सपथ ग्रहण गराएका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाटै राज्यमन्त्री नियुक्ति भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमल बहादुर शाहले सपथ ग्रहण गराएका छन् ।
नव नियुक्त मन्त्रीहरुले आजै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया