Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी नहुने

भागबन्डा नमिलेको पत्र मुख्यमन्त्रीलाई

इकागज |
साउन ९, २०८० मंगलबार १८:१४ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भागबन्डा नमिलेको भन्दै सरकारमा नजाने बताएको छ । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै आफूहरू सरकारमा सहभागी नहुने जानकारी गराएकी हुन् ।

संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेकी श्रेष्ठले पठाएको पत्रमा पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेकाले सहभागी नहुने भन्ने उल्लेख गरिएको छ ।


नागरिक उन्मुक्तिले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा लक्ष्मण किशोर चौधरीको नाम सिफारिस गरेको थियो । तर, अध्यक्ष श्रेष्ठले भागबन्डा नमिलेको पत्र मुख्यमन्त्रीलाई पठाएकी हुन् । 

यसअघि नै मन्त्री सिफारिसपछि उन्मुक्ति पार्टीभित्रै असन्तुष्ट प्रदेशसभा सदस्यहरूले नियुक्ति तथा सपथ कार्यक्रम नगर्न मुख्यमन्त्रीसँग अनुरोध गरेका थिए ।


Author

थप समाचार
x