सुदूरपश्चिम

नागरिक उन्मुक्तिले भने विश्वासको मत नदिने

विश्वासको मत लिंदै मुख्यमन्त्री रावल, नपाए के हुन्छ ?

इकागज |
माघ २५, २०७९ बुधवार ७:१२ बजे

काठमाडौँ -  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बुधबार) विश्वासको मत लिँदैछ । ​दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन लागेका हुन् । यसअघि ११ बजे बस्ने तय भएको बैठक १ बजे सारिएको हो । 

मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै एक महिनापछि उनले आज (बुधबार) विश्वासको मत लिन लागेका हुन्। संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 


मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना भने क्षीण बनेको छ । तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले मंगलबार सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । योसँगै मुख्यमन्त्री रावलको पद संकटमा पर्ने देखिएको छ । 

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।​

नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ ।

५३ प्रदेशसभा प्रदेश सभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् । रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकार बनाउने बाटो खुल्नेछ ।


Author

थप समाचार
x