कर्णाली

सहमहामन्त्रीको दौडमा कर्णालीका मुख्यमन्त्री, मन्त्रिपरिषद् विस्तार अधिवेशनपछि

लक्ष्मी भण्डारी |
मंसिर २२, २०७८ बुधबार १०:१९ बजे

सुर्खेत - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहमहामन्‍त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । कर्णाली अर्थात पिछडिएको क्षेत्रबाट शाहीले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कर्णालीमा मन्त्रिपरिषद् विस्तारको काम सुरु हुँदै गर्दा पार्टी अधिवेशनको  कामले व्यस्त हुनुपर्दा मन्त्रिपरिषद् विस्तारको कामलाई थाती राखिएको काँग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले इकागजलाई जानकारी दिए । ‘अहिले मुख्यमन्त्री पार्टी अधिवेशनको काममा व्यस्त हुनुहुन्छ’ सचेतक शाहीले भने, ‘काठमाडौमा हुने अधिवेशन सकिएपछि मन्त्रीपरिषद् विस्तारको काम अघि बढ्छ ।’


यता मन्त्रालयको भागवण्डा नमिलेकाले मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्रीलाई सकस परेको छ । सत्ता साझेदार दल नेकपा माओवादीले आफ्नो बहुमतअनुसार चार मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ । चार मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ ।  यस्तै नेकपा एकिकृत समाजवादीले तीन वटा मन्त्रीको दाबी गरेको छ ।

यता कांग्रेसले पनि दुई वटा मन्त्रीको दाबी गरिरहेको छ । यसरी हेर्दा आठवटा मन्त्रालय भएको कर्णालीमा भागबण्डा मिलाउन १० वटा मन्त्रालय आवश्यक देखिएको छ । जसमा दुई जना मन्त्री नियुक्त गरिसकेका छन् भने पाँच जना मन्त्री नियुक्त गर्न बाँकी छ । शाहीले भूमि व्यवस्थथा तथा कृषि सहकारी मन्त्रीमा चन्द्रबहादुर शाहीलाई नियुक्त गरेका छन् उनी एकीकृत समाजवादी पार्टीबाट भागवण्डामा आएका हुन् भने नेकपा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त भएका छन् । माओवादी र समाजवादी पार्टी आफ्नो अडानबाट पछि हटेका छैनन । यसैले मन्त्रिपरिषद् विस्तारमा कठिन भएको छ ।


Author

थप समाचार
x