कर्णाली

केन्द्रलाई चुनौती दिँदै कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी

इकागज |
चैत २१, २०८० बुधबार ८:४२ बजे

सुर्खेत- कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा नदिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।


माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् । 

मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।


Author

थप समाचार
x