कर्णाली

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

इकागज |
माघ ४, २०८० बिहीबार १२:२० बजे

सांकेतिक तस्बिर

सिमकोट, (हुम्ला)- चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । 

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए । रासस



Author

थप समाचार
x