लुम्बिनी

राजधानीका लागि शिक्षालय सार्न मुख्यमन्त्रीको निर्देशन

इकागज |
माघ ७, २०७८ शुक्रबार १०:४१ बजे

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती प्राविधिक शिक्षालयलाई राजधानीका लागि ठाउँ खाली गर्न निर्देशन दिएका छन् । सरकारको पहिलो सपना प्रदेशको स्थायी राजधानी निर्माण भएको भन्दै मुख्यमन्त्री केसीले शिक्षालयलाई फागनु १२ गतेभित्र त्यहाँबाट सर्न निर्देशन दिएका हुन् ।

राजधानी व्यवस्थापन तिव्र गतिमा गर्नुपर्ने भन्दै मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापन समितिको बैठकमा यस्तो निर्देशन दिएका हुन् । आगामी फागुनमा प्रदेश सरकारको नितृत्व परिर्वतनको चर्चा चलिरहेका बेला केसीले फागुनमै स्थानान्तरणको काम सक्न निर्देशन दिएका हुन् । आफ्नो नेतृत्वमा रहेको सरकारको ऐतिहासिक एवं प्रदेशवासीलाई परिणाम दिन सकिने महत्वपूर्ण कार्य राजधानी नै भएको मुख्यमन्त्री केसीको भनाई रहेको छ ।


'प्रदेश सरकारको सपनाको एउटा आयाम हो, त्यसमा तपाईँहरू सबैले प्रदेश सरकारलाई सहयोग गर्नुहोस् तपाईहरूको योगदान प्रदेश सरकार र प्रदेशवासीले मुख्याङ्कन गर्नेछ' मुख्यमन्त्री केसीले भने । सरकारको सपनालाई साकार पार्नका लागि पनि अझै नयाँ ढंगबाट सहयोग गर्नका लागि राप्ती र गढुवावासीलाई मुख्यमन्त्री केसीले आग्रह गरे ।

सो क्षेत्रका स्थानीयहरूले आफुहरूलाई विस्थापित गर्ने काम हुन लागेको भन्दै आन्दोलनको चेतवनी दिएका छन् । बैठकमा ग्रामीण पर्यटन तथा शहरी विकास मन्त्री दिल्ली चौधरीले प्रदेशको राजधानी निर्माणका लागि सबै काम आफ्नो मन्त्रालयले गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 


Author

थप समाचार
x