लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

इकागज |
चैत २०, २०८० मंगलबार १४:२४ बजे

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । 

नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् ।


लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् अधिवेशन  बोलाउने निर्णय गरेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४-४ जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ सिट छन् भने जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सिट रहेका छन् ।


Author

थप समाचार
x