लुम्बिनी

आज मध्यरातपछि लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य हुँदै

इकागज |
चैत २, २०८० शुक्रबार १९:२१ बजे

फाइल तस्बिर

दाङ- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । चालु अधिवेशन तीन दिनमात्रै चलेको थियो । 


प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।


Author

थप समाचार
x