लुम्बिनी

जाजरकोट भूकम्प : घाइतेलाई उपचार गर्न बाँकेको भेरी अस्पताल तयारी अवस्थामा

इकागज |
कात्तिक १८, २०८० शनिबार ८:११ बजे

बुटवल- भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । गम्भीर घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रमुख, अस्पताल विकास समितिका अध्यक्ष र चिकित्सकहरू घाइतेको उपचार व्यवस्थापनका लागि बिहानैदेखि जुटेका छन् ।


बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइतेका लागि भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको जनाए ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उनले पर्याप्त संख्यामा डाक्टर , नर्सिङ स्टाफ र अन्य प्रबन्ध मिलाइएको बताए ।

हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाका हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगत मौज्दात रहेको र अपुग भएमा ताजा रगत आपुर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिए । गम्भीर अवस्थाका घाइतेलाई रिफर गरिएको छ । उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं, नेपालगञ्ज र सुर्खेतस्थित सुविधासम्पन्न अस्पतालमा लैजाने तयारी गरिएको छ ।

र, यो पनि


Author

थप समाचार
x