लुम्बिनी

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध, बुटवलबाट पाल्पा हुँदै जाने सवारी साधनहरूबीचमै रोकियो

इकागज |
साउन २३, २०८० मंगलबार ८:३८ बजे

बुटवल- अविरल वर्षापछिको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्ला जाने सवारी साधनहरूबीचमै रोकिएको दोभान प्रहरी चौकीले जनाएको छ ।


सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पहिरो झरेको स्थानमा सुरुङमार्गको उत्तरतर्फको सुरुङ प्रवेश विन्दुमा रिप पोर्टल निर्माण गरिरहेको छ । सो ठाउँमा साउनको पहिलो सातादेखि पटक-पटक  पहिरो खस्दा सुरुङमार्गको निर्माणस्थलमा क्षति पुर्‍याएको छ ।


Author

थप समाचार
x