लुम्बिनी

राष्ट्रिय सभा सदस्यका लागि दुई रोल्पाली चुनावी प्रतिष्पर्धामा

इकागज |
माघ ११, २०७९ बुधबार १७:८ बजे

बुटवल । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालका दुवै उम्मेदवार चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । कांग्रेसले पार्टीका पूर्व जिल्ला सभापति माधव आचार्यलाई उम्मेदवार बनाएको छ भने एमालेले पनि रोल्पाकै कुमार दसौदीलाई अघि सारेको छ । 

दुवै उम्मेदवारले आज प्रदेश निर्वाचन अधिकृतको कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गरे । राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।


लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १,१ स्थानमा जितेका छन् । त्यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७,माओवादीले १०,राप्रपा,नागरिक उन्मुक्तिले४÷४, जसपा,लोसपा,जनमतले ३÷३,जनमोर्चा र नेकपा एसले १÷१, स्वतन्त्रबाट २ जनाले जितेका छन् । स्थानीय तह प्रमुख र प्रदेश सभा सदस्यको मतभार फरक फरक निर्धारण छ ।


Author

थप समाचार
x