गण्डकी

गण्डकीको ‘मिनी पार्लियामेन्ट’ मा को बन्ला समितिको सभापति ?

धनबहादुर गुरुङ |
साउन ३१, २०८० बुधबार १२:३४ बजे

पोखरा- संसदीय अभ्यासमा ‘मिनी पार्लियामेन्ट’ का रुपमा लिइने संसदीय समितिका लागि गण्डकी प्रदेशमा सदस्यहरूको टुंगो  लागेको छ । गण्डकी प्रदेशको मंगलबार बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले समितिमा रहने सदस्यहरूको नाम सुनाएका थिए । ती नामलाई प्रदेशसभाले स्वीकृत प्रदान गरेको छ । तर, सभापतिको टुंगो लागेको छैन् ।

गण्डकी प्रदेशमा विधायन समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति र प्रदेश मामिला समिति छन् ।  ४ मध्ये २ समिति कांग्रेस, १ माओवादी र १ एमालेको भागमा परेको छ । यसरी भागबण्डा गरिएको समितिमा ६० सदस्यीय प्रदेश सभाका सदस्यहरूमध्ये ३ वटामा १५/ १५ जना र एउटामा १३ जना राखिएको छ ।


सहमति अनुसार अर्थ तथा विकास र प्रदेश मामिला तथा कानुन समितिको नेतृत्व सत्तारुढ दल नेपाली कांग्रेसले पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)ले सामाजिक विकास तथा कृषि समितिको नेतृत्व पाउने भएको हो । प्रमुख प्रतिपक्ष दल एमालेको भागमा सार्वजनिक लेखा समिति परेको छ ।

कांग्रेस स्रोतका अनुसार कांग्रेसको भागमा परेको अर्थ तथा विकास समितिमा भोजराज अर्याल र प्रदेश मामिला तथा कानुन समितिको नेतृत्व चम्पादेवी खड्काले पाउने सम्भावना छ । सामाजिक विकास तथा कृषि समिति सभापति भने माओवादी केन्द्रका फणीन्द्र देवकोटाले पाउने पक्का जस्तै छ । एमाले स्राेतका अनुसार एमालेको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिमा भिमबहादुर कार्की र सुधिरकुमार पौडेलको नाम चर्चामा छ ।

सभामुख धितालका अनुसार सार्वजनिक लेखा समितिमा कल्पना तिवारी, कृष्णप्रसाप पाठक, खगराज अधिकारी, जीतप्रकाश शेरचन, टकराज गुरुङ, टीकाकुमारी बस्याल, दमयन्ती रुचाल, द्रोणकुमार कुँवर, नन्दकला दमाई नेपाली, निर्मला थापा, पञ्चराम गुरुङ, भीमबहादुर कार्की, सरस्वती गुरुङ, सुधीरकुमार पौडेल र हरिबहादुर चुमान छन् ।

यसैगरी अर्थ तथा विकास समितिमा गणेशमान गुरुङ, प्रकाश बराल, डिल्लीराम सुवेदी, पद्मा जिसी श्रेष्ठ, पार्वती तामाङ, प्रकाशबहादुर केसी, भोजराज अर्याल, लक्ष्मणबहादुर पाण्डे, विमला गौचन, विन्दु पौडेल, सीताकुमारी सुन्दास र हरिबहादुर भण्डारी छन् । पदेन सदस्यमा मन्त्रीहरू जीतप्रकाश आलेमगर, दीपेन्द्रबहादुर थापा र रेशम जुग्जाली छन् ।

सामाजिक विकास तथा कृषि समितिमा अशोककुमार श्रेष्ठ, दिलमाया पौवि, नम्डु गुरुङ, फडिन्द्र देवकोटा, विन्दुकुमार थापा, बेदबहादुर गुरुङ, भक्तबहादुर कुँवर, महेश भट्टराई, राजकुमारी भुजेल, राजीव गुरुङ, लिलबहादुर थापामगर, श्यामराजा महत छन् । पदेन सदस्यमा पदेन सदस्यमा महेन्द्रध्वज जिसी, सरस्वती अर्याल तिवारी र सुशीला सिंखडा छन् ।

प्रदेश मामिला तथा कानुन समितिमा कुसुम बुढा पुन, गोविन्दबहादुर नेपाली, चम्पादेवी खड्का, देवका पहारी त्रिपाठी, नन्दप्रसाद न्यौपाने, विकल शेरचन, भेषबहादुर पौडेल, मित्रलाल बस्याल, मुनिन्द्रजंग गुरुङ, यशोदा रिमाल, रेखा गुरुङ र रोशनबहादुर गाहा थापा छन् । पदेन सदस्यमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् ।


Author

थप समाचार
x