गण्डकी

गण्‍डकीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

अनिष भट्टराई |
बैशाख १६, २०७८ बिहीबार १६:४ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । स्रोतकाअनुसार आजै मन्त्रिपरिषद् विस्तार हुँदैछ । मुख्यमन्त्री गुरुङले केही मन्त्रालय विभाजन गरेर भए पनि मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका हुन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि २ वटा मन्त्रालय खाली छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका मन्त्रालयमध्ये केहीलाई फुटाएर मन्त्रालय संख्या बढाएको दाबी श्रोतले गरेको छ । स्रोतका अनुसार स्‍वतन्‍त्र सांसद् राजिव गुरुङ(दीपक मनाङे)लाई मन्‍त्री बनाइँदै छ । सामाजिक विकास मन्‍त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्‍त्री बनाइँदै छ ।


*यसअघि प्रकाशित समाचारमा स्‍वतन्‍त्र सांसद् राजिव गुरुङ(दीपक मनाङे)लाई मन्‍त्री बनाइँदै हुनुपर्नेमा एमालेका माधव नेपालपक्षधर सांसद इन्द्रलाल सापकोटालाई समेटेर मन्त्रिपरिषद् विस्तार हुँदै हुन गएकोमा सच्‍याएका छौँ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x