गण्डकी

गण्डकीबाट पुनः दोहोरिने दाउमा पुराना सांसद

धनबहादुर गुरुङ |
कात्तिक १४, २०७९ सोमबार १९:४८ बजे

पोखरा- गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ १८ प्रतिनिधि र ३६ प्रदेश सभाको सिट छ । ती मध्ये २०७४ मा भएको निर्वाचनमा प्रतिनिधितर्फ १३, माओवादी केन्द्रले ३ सँगै कांग्रेस र तत्कालीन नयाँ शक्ति पार्टीले एक/एक सिट जितेको थियो । यी मध्ये १८ जना मध्ये ११ जनाले यो पटक पनि दोहोरिने दाउ हेरिरहेका छन् ।

नेपाली कांग्रेसबाट एक मात्र प्रतिनिधि सभा जितेर गण्डकी प्रदेशमा शाख जोगाएका डा. शशांक कोइराला नवलपुर १ बाटै पुनः लड्दैछन् । माओवादी केन्द्रले जितेको ३ मध्ये २ सांसद फेरी दोहोरिन चाहेका छन् । जसमा एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट माओवादी केन्द्रका महासचिव देव गुरुङ र बागलुङ क्षेत्र नम्बर २ बाट देबेन्द्र पौडेल छन् ।


एमालेबाट बागलुङ १ मा डा. सूर्य पाठक, मुस्ताङमा प्रेम तुलाचन, मनाङमा पोल्देन छोपेन गुरुङ, कास्की २ मा विद्या भट्टराई, स्याङ्जा १ मा नारायण मरासिनी, स्याङ्जा २ मा पद्या अर्याल, पर्वतमा पदम गिरी, र नवलपुर २ मा तिलकबहादुर महत क्षेत्री उम्मेदवार बनेका छन् ।

तत्कालीन नयाँ शक्ति पार्टी नेपाल अहिलेका नेपाल समाजवादीका डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका हरिराज गुरुङ पछाडि हटे । यस्तै कास्की क्षेत्र नम्बर १ बाट जितेका नेकपा एमालेका खगराज अधिकारी प्रदेश झरेका छन् । तनहुँ २ बाट विजयी बनेको एमालेका केदार सिग्देलले पनि ताकेका छन् । प्रदेश नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ मा जितेका किसान श्रेष्ठ नेकपा एकीकृत समाजवादी गई बारा ४ बाट उम्मेदवार बनेका छन् । नेकपा एमालेका जगतबहादुर विश्वकर्मा र भुपेन्द्रबहादुर थापाले टिकट पाएनन् । 

यस्तै ३६ सिटका लागि भएको प्रत्यक्ष निर्वाचनमा १७ सिट एमाले, ९ माओवादी, ६ कांग्रेस २ जनमोर्चासहित तत्कालीन नयाँ शक्ति पार्टी र स्वतन्त्रले एक/एक सिट जितेको थियो । ती मध्ये प्रदेश सभातर्फ ९ सांसद दोहोरिन खोजेका छन् ।

मनाङबाट स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले पनि स्वतन्त्र रूपमै दोहोरिँदैछन् । उनको क्षेत्रमा उनी मात्र उम्मेदवार रहेकाले उनी निर्विरोध भईसकेका छन् । माओवादी तर्फ तनहुँ १ ( (ख) का हरिबहादुर चुमान र कास्की १ (क) का दीपक कोइराला चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका विन्दुकुमार थापा कास्की २ (ख) बाट दोहोरिने दाउमा छन् ।

नेकपा एमालेका तनहुँ १ (क) का रामबहादुर गुरुङ, कास्की ३ (ख) का राजीव पहारी, स्याङजा २ (क) का मोहन रेग्मी, नवलपुर १ (ख) का रोशन गाहा थापा र मुस्ताङ (क) का इन्द्र धारा विष्टले दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । यसबाहेक केही पूर्व समानुपातिक सांसद अहिले प्रत्यक्षमा छन् भने केही सांसदरू संघको समानुपातिक सूचीमा पनि परेका छन् । भने, नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकीका पूर्व अर्थमन्त्री किरण गुरुङ प्रतिनिधि सभातर्फ लागेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन पनि प्रतिनिधि सभाको चुनाव लड्दैछन् । 


Author

थप समाचार
x