गण्डकी

एमालेको चुनौती र बागी पन्छाउँदै गठबन्धनले जित्ला कास्कीमा चुनाव ?

धनबहादुर गुरुङ |
कात्तिक ५, २०७९ शनिबार १८:२२ बजे

पोखरा । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र धेरै भएको एक मात्र जिल्ला हो, कास्की । यहाँ ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाको सिट छ । कास्कीमा ९ पदका लागि मनोनयन दर्ताका दिनमा १ सय ६ जनाको उम्मेद्वारी परेको थियो । पछि १६ जनाले फिर्ता लिएपछि अहिले ९१ जनाले चुनाव चिन्ह प्राप्त गरेका छन् ।

तीमध्ये  प्रतिनिधिसभा तर्फ ४६ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये १४ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका उम्मेद्वार छन् । प्रतिनिधिसभाका लागि प्रदेशसभा तर्फ ४५ जना उम्मेद्वार भएका छन् । त्यसमा ९ स्वतन्त्र उम्मेद्वार छन् ।


तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रमुख पार्टीलाई बागी उम्मेद्वारी परेको छ । कास्की २ मा गठबन्धन उम्मेद्वार श्रीनाथ बरालविरुद्ध कांग्रेस नेता महादेव गुरुङले उम्मेद्वारी दिएका छन् । कास्की ३ मा रामजी बरालकाविरुद्ध माओवादीकै अनिता भुत्र्याल चुनौती बनेकी छिन् । 

कास्की १ मा गठबन्धन उम्मेद्वार किशोरदत्त बरालविरुद्ध एकीकृत समाजवादीका घननाथ सापकोटाले उम्मेद्वारी दिएपनि पछि फिर्ता लिएका थिए । घननाथ एकीकृत समाजवादी पार्टीका मादी गाउँ कमिटी अध्यक्ष हुन् । यस्तै एमाले उम्मेद्वार दामोदर बैरागीलाई जगन्नाथ बास्तोलाले चुनौती दिएका छन् । तर, बास्तोलाले आफ्नै राजीखुसी भन्दै फिर्ता लिएका छन् । 

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि २ जना स्वतन्त्र र १२ राजनीतिक दल सहित १४ जना निर्वाचन लड्ने भएका छन् । यस क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । तर, स्वतन्त्र उम्मेद्वारहरु पनि आफूलाई कम आँक्दैनन् । 

बराल गठबन्धनबाट साझा उम्मेद्वार हुन् । यहाँ नेकपा माओवादी समाजवादीका टुकबहादुर सिंजाली, हाम्रो नेपाली पार्टीका प्रमोद आचार्य, मंगोल नेसनल अर्गनाइजेसनका यज्ञबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र माक, जनता समाजवादी पार्टीकी शर्मिला नेपाली, आमुल परिवर्तन मसिहा पार्टीका शिवप्रसाद अधिकारी, एकीकृत शक्ति नेपालकी सविना बेगम, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीस, राप्रपाका सूर्यबहादुर गुरुङ उम्मेद्वार छन् । सौगात जिसी, र दिलबहादुर राना स्वतन्त्र उम्मेद्वार हुन् । 

प्रदेशसभा (क) का लागि गठबन्धनबाट माओवादीका दीपक कोइराला र एमालेका खगराज अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ जनमत पार्टीकी अनिता कुमाल, राप्रपाका बाबुराम थापा, हाम्रो नेपाली पार्टीका मदनबहादुर केसी, जसपाका रामकाजी चर्माकार र २ स्वतन्त्र उम्मेद्वार छन् । नवराज पौडेल, र विश्वराज पौडेलले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका बेदबहादुर गुरुङ आमनेसामने भएका छन् । यहाँ उनीहरुसँगै मंगोल नेसनल अर्गनाइजेसनका ख्यामबहादुर गुरुङ, नेकपा माओवादी समाजवादीकी गौमती गुरुङ, राप्रपाका महेन्द्रबहादुर कार्की, हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठ र जसपाका हर्कबहादुर गुरुङले भिड्दै छन् । 

क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुने छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका ईश्वरबहादुर राना, आमुल परिवर्तन पार्टीका गीताबहादुर रोका, नेपाल मजदुर किसान पार्टीका पशुपति प्रजापति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राइ, जसपाकी बुद्धिकुमारी गुरुङ, जनमत पार्टीका महेन्द्र शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल, हाम्रो नेपाली पार्टीकी शिरिष गुरुङ, राप्रपाका सुवर्णराज पन्त र मंगोल नेशनल अर्गनाइजेसनका ज्ञानराज गुरुङको उम्मेद्वारी परेको छ । तारानाथ सुवेदी, जमुना शर्मा, गीता नाथ र ऋगेन्द्र गिरीको पनि स्वतन्त्र उम्मेद्वारी छ। 

यस क्षेत्रमा कांग्रेस नेता महादेव गुरुङले गठबन्धनविरुद्ध बागी उम्मेद्वारी दिएका छन् । उनले जसै निर्वाचन लड्ने भन्दै उम्मेद्वारी फिर्ता लिने समयमा पछाडि हटेनन्।२ (क) मा माओवादीका विश्वप्रकाश लामिछाने र एमालेका भीम कार्की आमनेसामने हुदैछन् । हाम्रो नेपाली पार्टीका चेतबहादुर महत, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर गुरुङ, राप्रपाका विजयबहादुर भण्डारीको उम्मेद्वारी छ भने स्वतन्त्र रुपमा निशा थापा गुरुङ, दुर्गा कुमारी शर्मा र दिपक प्रसाद पौडेलले निर्वाचन लड्दैछन् । 

२ (ख) मा बहालवाला २ सांसदबीच कडा टक्कर हुने छ । कांग्रेसले मन्त्री विन्दुकुमार थापालाई टिकट दिएको छ भने एमालेले मीना गुरुङलाई अघि सारेको छ । जसपाका धनबहादुर परियार, राप्रपाका अरुण गिरी, नेपाल सुशासन पार्टीका कृष्ण भुजेल, मंगोल नेसनल अर्गनाइजेसनका लक्ष्मण विश्वकर्माको उम्मेद्वारी पार्टीबाट छ भने श्रमिक घर्तीक्षेत्री, लिलमाया पुन र मोनिका तामाङले स्वतन्त्र उम्मेद्वार छन् । 

क्षेत्र नम्बर ३ मा पनि १५ जनाको उम्मेद्वारी छ । यहाँ गठबन्धनबाट माओवादीका रामजी बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । मंगोल नेसनल अर्गनाइजेसनकी गंगाकुमारी खपाङ्गी तामाङ, राप्रपाका जगतप्रसाद सुवेदी, नेपाल मजदुर किसान पार्टीका बलराम सिबन्जार, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, हाम्रो नेपाली पार्टीका विवेककुमार पौडेल र जसपाका हितकाजी गुरुङ चुनावी मैदानमा छन् । यादवप्रसाद तिमिल्सेना, पशुपति नाथ तिमिल्सिना, दुर्गाप्रसाद कोइराला, ढकबहादुर कार्की, टंकप्रसाद अधिकारी, कमलजंग कुवँर र अनिता भुत्र्यालले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । 

३ (क) बाट माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङबीच बढी प्रतिस्पर्धा हुने छ । त्यसबाहेक राप्रपाका केदारनाथ पौडेल, हाम्रो नेपाली पार्टीका खीम प्रसाद तिमिल्सिना, मंगोल नेसनल अर्गनाइजेसनका जीवनबहादुर गुरुङ, आमुल परिवर्तनका मोति परियार उम्मेद्वार छन् भने कोमलप्रसाद बास्तोला स्वतन्त्र उठेका छन् । 

३ (ख) बाट कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीचमा प्रतिश्पर्धा हुने छ । जसपाका गोरे दमै, मंगोल नेशनलका मन्तोष घले, नेकपा माओवादी समाजवादीका रामबृक्ष धोवी÷रजक, र राप्रपाका हरिराम भण्डारी उम्मेद्वार छन् । यहाँबाट एकजना पनि स्वतन्त्र उम्मेद्वार छैनन् । 
 


Author

थप समाचार
x