गण्डकी

गठबन्धन कास्कीको उम्मेदवार टुंगियो

धनबहादुर गुरुङ |
असोज २३, २०७९ आइतबार ११:२५ बजे

पोखरा- कास्कीबाट गठबन्धनको उम्मेदवार टुंगिएको छ । कास्कीमा गठबन्धनको भागमा परेको कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्ग्याएको हो ।
जसअनुसार कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले टिकट हात पारेका छन् । अब उनले एमालेका मनबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् । कांग्रेसबाट क्षेत्र नम्बर १ को प्रदेश ख मा दीपक गुरुङ माइला, क्षेत्र नम्बर २ ख मा गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा र क्षेत्र नम्बर ३ ख मा प्रकाश बरालले टिकट पाएका छन् ।

कास्कीमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्रमध्ये केन्द्रको १ र प्रदेशका ३ कांग्रेसको भागमा परेका छ ।  क्षेत्र नम्बर २ मा एकिकृत समाजवादीले श्रीनाथ बराललाई उठाउने भएको छ। उनले एमालेकी विद्या भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् ।


माओवादीको भागमा परेको क्षेत्र नम्बर ३ मा रामजी बराल जीवनलाई उठाउने भएको हो । बरालले एमालेका दामोदर बैरागीसँग प्रतिस्पर्धा गर्नेछन् । माओवादीले प्रदेश १ क मा दिपक कोइराला, २ क मा विश्वप्रकाश लामिछाने र ३ ख मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।


Author

थप समाचार
x