बागमती

काठमाडौँ महानगरविरुद्ध दृष्टिविहीनहरूको प्रदर्शन

इकागज |
चैत २१, २०८० बुधबार १७:२२ बजे

फाइल फाेटाे

काठमाडाैँ - सडकमा गीत गाएर जिविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् । ​

दृष्टिविहीन आमा घर सामाजिक संस्थाको अगुवाइमा उनीहरुले आफूहरुलाई सहज रुपमा जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र महानगरले सहजीकरण गर्नुपर्ने भन्दै बुधबार काठमाडौंको शान्तिवाटिकामा विरोध जनाएका हुन् ।


सडकमा गीत गाउँदा आफूहरुको माइक स्पिकर महानगरले खोसेको उनीहरुले गुनासो गरेका छन् । उनीहरुले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती गर्न पाइँदैन, स्वरोजगारको व्यवस्था गर, दृष्टिविहीन अपाङ्गता भत्ता वृद्धि गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरुले दृष्टिविहीन व्यक्तिहरूको हक अधिकार हनन गर्न नहुने, स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका माग समेत राखेका छन् । 


Author

थप समाचार
x