बागमती

चारदोबाटोमा निशान गाडीमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

इकागज |
माघ १७, २०८० बुधबार १२:१४ बजे

काठमाडौँ- भक्तपुरको चारदोबाटो आकाशे पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब ९ बजे भक्तपुरबाट काठमाडौँ जाने लेनमा टायर पन्चर भएर रोकि राखेको बा ५ ख २५१ नम्बरको निशान गाडीमा सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००९ प ७००७ नम्बरको मोटरसाइकल ठक्कर दिएर दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने २४ वर्षीय सुमन भुजेलको मृत्यु भएको छ । चालक भुजेलको उपचारको क्रममा निधन भएको भक्तपुर प्रहरीले जनाएको छ ।


दुर्घटनामा बालकोट–३  बस्ने २० वर्षकी सोफिया ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x