बागमती

न्युरोडमा काठमाडौँ महानगरले पार्किङ हटाएपछि व्यवसायीहरूको प्रदर्शन (तस्बिरहरू)

इकागज |
माघ १०, २०८० बुधबार १४:३ बजे

तस्बिर : अभिषेक लम्साल/इकागज

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि काठमाडौँ न्युरोड क्षेत्रका व्यापारीले बुधबार पनि प्रदर्शन गरेका छन् ।

काठमाडौँको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा सवारी पार्किङ निषेध गरेको भन्दै व्यापारीहरूले सटर बन्द गरेर प्रदर्शन गरेका हुन् । उनीहरूले आर्थिक मन्दीले सुस्त रहेको व्यापारमा महानगरपालिकाको निर्णयले थप प्रभाव पर्ने बताएका छन् ।


व्यापारीहरूले न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा बिकल्प दिएर मात्रै पार्किङ निषेध गर्न सुझाव दिएका छन् । न्युरोड क्षेत्रमा आउने ग्राहकहरूलाई काठमाडौँ टावरमा पार्किङ गरेर आउँदा निकै टाढा पर्ने र जसका कारण व्यवसायमा नै असर पर्ने उनीहरूको भनाइ छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले महानगरको निर्णयले व्यवसाय बिग्रने भएकाले पूर्वाधार निर्माण गरेर मात्रै बिकल्प दिनुपर्ने बताए ।

त्यस्तै व्यवसायीहरूले व्यापार घाटा र आफुहरूको समस्याको जिम्मा अब महानगरले लिनुपर्ने बताएका थिए । पार्किङ निषेध गर्ने निर्णय महानगरले सच्चाउनुपर्ने उनीहरूको माग छ ।

काठमाडौँ महानगरले न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रको कालोपत्रे सडकमा मंगलबारदेखि पार्किङ निषेध गरेको थियो । महानगरले सो क्षेत्रको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइने जनाएको छ । 

तस्बिरहरू : अभिषेक लम्साल/इकागज


Author

थप समाचार
x