बागमती

ललितपुरका नापी सर्वेक्षकसहित तीन जना पक्राउ

इकागज |
माघ १०, २०८० बुधबार १२:४१ बजे

सांकेतिक तस्बिर

पाटन- ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।


मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनै जनालाई रु दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । 


Author

थप समाचार
x