बागमती

बागमतीका मुख्यमन्त्रीले बोलाएकाे सर्वदलीय बैठक जारी

इकागज |
मंसिर १७, २०८० आइतबार १५:३३ बजे

फाइल तस्बिर

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाेलाएकाे सर्वदलीय बैठक जारी छ ।

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिएका छन् ।


जसअनुसार आज मुख्यमन्त्री कार्यालयमा दिउँसो १ बजेका उक्त बैठक बाेलाइएकाे थियाे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।


Author

थप समाचार
x