बागमती

अपाङ्गता भएका व्यक्तिहरूले गरे पाटन दरबारको अवलोकन

इकागज |
मंसिर १७, २०८० आइतबार १५:४ बजे

ललितपुर- ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पाटन दरबारको अवलोकन गराएको छ ।

आइतबार अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्यालीसहित विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराएको हो । त्यसअघि र्यालीको समापन कार्यक्रममा विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही नयाँ काम गरेको र यही क्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई पाटन दरबारको अवलोकन गराएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।


उनले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरूको कठिन जीवनयापनलाई सहज बनाइने बताए ।​


Author

थप समाचार
x