बागमती

संसदीय समितिको सभापति टुंगो लगाउन मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

इकागज |
मंसिर १७, २०८० आइतबार ९:७ बजे

मकवानपुर -  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आव्हान गरेका छन् । उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । 

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आव्हान गरेका हुन् । 


प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आव्हान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।  


Author

थप समाचार
x