बागमती

काठमाडौँ महानगरले माग्यो २३० कर्मचारी

इकागज |
मंसिर १६, २०८० शनिबार १३:३५ बजे

काठमाडौँ–काठमाडौं महानगरपालिकाले  गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न करारमा २३० जना कर्मचारी माग गरेको छ ।  शनिबार महानगरले एक  सूचना जारी गर्दै  २३० कर्मचारी माग गरेको हो ।

महानगरले जारी गरेको सूचनामा सुपरिवेक्षक २१ जना र गणक २०९ जना माग गरिएको हो ।  छनोट हुने कर्मचारीका लागि बढीमा ५ महिनाको अवधिका लागि नियुक्त गरिने महानगरले निकालेको सूचनामा उल्लेख छ । 


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि  तथ्यांक संकलन गर्न लागिएको महानगरले जनाएको छ ।

माग गरिएका पदका लागि दरखास्त महानगरको वेवसाइटबाट निःशुल्क  दिन सकिने सूचनामा उल्लेख छ । 


 


Author

थप समाचार
x