बागमती

काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने

इकागज |
जेठ ७, २०७९ शनिबार २१:४६ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । 

कामपाको राजश्व विभाग र वडा कार्यालयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ । 


नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ । 

केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  


Author

थप समाचार
x