मधेश

अवैध काठ नियन्त्रणमा

इकागज |
माघ १८, २०८० बिहीबार ९:५२ बजे

रौतहट- रौतहटस्थित प्रहरी गस्ती टोलीले एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ।

राष्ट्रिय वनबाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका-१ भसेड्वा स्थित बकेया खोलाको नजिकै स्थानिय सोनेलाल यादवको गोठमा लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधबार साँझ प्रहरीले बरामद गरेको हो ।


गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरी आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


Author

थप समाचार
x