मधेश

मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म देशको विकास हुँदैन : ठाकुर

सुभाष कर्ण |
भदौ १८, २०८० सोमबार २१:२२ बजे

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म देशले आर्थिक विकास एवं समृद्धि हासिल गर्न नसक्ने दाबी गरेका छन् ।

सोमबार महोत्तरीको बर्दिबासमा मधेश प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले विगतमा भएको सहमति सम्झौता कार्यान्वयन नगर्दा मधेशी जनता अधिकार सम्पन्न हुन नसकेको छैन । मधेशी जनतालाई अधिकर सम्पन्न नबनाएसम्म देशको समृद्धि र विकासको लक्ष्य हासिल गर्न नसकिने दाबी गरे । 


जनसङ्ख्यामा रहेका मधेश प्रदेशका जनता भूगोलका आधारमा पछाडि रहेमा देश अगाडि बढ्न सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन बताउँदै उनले जनसंख्या अनुरूपको सेवा सुविधा जनतालाई दिनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । 

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशमा सरकारबाट अहिले पनि विभेद कायमै रहेको बताउँदै मधेश प्रदेशको समृद्धि र विकासका लागि सबै प्रकारको विभेदको अन्त्य हुन आवश्यक रहेकाले संगठन सुदृढीकरण र विस्तारमा ध्यान पुर्याउनुपर्ने भने ।

उनले बैठकमा सहभागी नेता कार्यकर्ताहरूलाई वडा स्तरबाट सङ्गठन सुदृढ तथा विस्तार गर्न आग्रह गरे । नेता महतोले कुनै पनि विभेद अन्त्य गर्न मजबुत संगठन आवश्यक रहेकोमा लोसपालाई एउटा मजबुत दलको रूपमा विस्तारमा गर्न गाउँ गाउँमा संगठन विस्तारमा नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

यस्तै बैठकमा उपस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं पार्टीका नेता शरद सिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई फ्रि भिसा तथा फ्रि टिकटको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने काममा मन्त्रालयले अगाडि बढाइसकेका जानकारी दिए । 

उनले स्वदेशमा रोजगारको व्यवस्था नभएको युवा जनशक्ति पलाउन दु:खद रहेको भन्दै बेरोजगार युवाहरूका लागि वैदेशिक रोजगार उत्तम विकल्प रहेकाले दलालको ठगीबाट बच्न सम्बन्धित निकायमा सही जानकारी लिएर मात्र जान आग्रह गरे । 

लोसपा मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा भएको बैठकको उद्घाटन सत्रमा नेता अनिलकुमार झाले पनि सङ्गठन विस्तारको काममा तीव्र गतिका साथ जुट्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x