मधेश

क्यान मधेशमा प्रदेश सांसद सिंह पनि सदस्य

सुभाष कर्ण |
भदौ १०, २०८० आइतबार २२:२ बजे

जनकपुरधाम- नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रदेश समितिमा सदस्यमा सप्तरीबाट प्रत्यक्ष र लोकप्रिय मतका साथ निर्वाचित एक प्रदेश सांसद पनि बनेका छन् । सुनिल महासेठको अध्यक्षतामा गठन भएको क्यानको नयाँ मधेश प्रादेश समितिमा जनमत पार्टीबाट प्रत्यक्ष निर्वाचित प्रदेशका सांसद सतिशकुमार सिंह सदस्य बनेका हुन् ।

सपथ ग्रहण समारोहमा बाँकी सदस्यहरू क्यानको जर्सीमा सांसद सिंहले सपथ सपथ ग्रहण गरेका छन् । तर, केही पूर्वले खेलाडीले उनको आबद्धताले आलोचना जनाएका थालेका छन् । एक पूर्व खेलाडी भन्छन्, ‘उहाँ त जनताबाट जितेर माननीय भएको मान्छे प्रदेशसभा, सम्बन्धित संसदिय समिति र सरकारबाटै पनि क्यान र खेलकुदका लागि धेरै गर्न सक्ने क्षमता भएको पदमा हुनुहुन्छ, खै किन सदस्य बन्नु भो ?’


यसलाई सकारात्मक पनि लिन सकिने भन्दै उनले भने, ‘उहाँको आबद्वता क्यानको हितमा मात्रै होइन क्यानको सफलता र असफलता दुवैमा अब उहाँको विशेष जिम्मेवारी र दायित्व पनि अध्यक्ष भन्दा बढी हुने छ ।’ कतिपयले भने उनी पूर्व सदस्य समेत रहेको र यो गैर नाफामूलक, सेवामूलक संस्था भएकाले सदस्य हुँदा अन्यथा लिन नहुने बताउँछन् ।

सांसद सिंहले यसबारे भने, ‘प्राटोकलले पनि खासै सम्बन्ध राख्दैन, म क्यानको आजीवन सदस्य पनि हो, पदाधिकारीमा पनि मलाई आग्रह गरिएकै हो, समय अभावको हिसाबले म आफैँ सदस्य भएको हुँ । भारतीय क्रिकेट काउन्सिलमा पनि ठूला ठूला नेताहरूको आबद्धता रहेको भन्दै अन्यथा लिन नहुने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x