मधेश

महिला र सीमान्तकृत सांसदहरूलाई क्षमता अभिवृद्धिका लागि मागदर्शन

सुभाष कर्ण |
साउन २५, २०८० बिहीबार २१:३३ बजे

जनकपुरधाम- मधेश प्रदेश सभाका महिला र सीमान्तकृत सांसदहरूलाई क्षमता अभिवृद्धि गर्न समूह मार्गदर्शन (मोनेटरिङ्ग) गरिएको छ ।

मधेश प्रदेश सभाको समन्वय र यूएनडीपीको सहयोगमा सीआईसीद्वारा आयोजित एक दिने मोनेटरिङ्ग कार्यक्रम अन्तर्गत वर्तमान सांसदहरूलाई मेन्टरका रूपमा रेका पूर्व सांसदहरूले प्रदेश सभामा सांसदहरूको दायित्व र के का लागि निर्वाचित भएको बारे जानकारी गराएको छ ।


पूर्व सांसद जगतप्रसाद यादवले प्रदेश सभामा सांसदकाे जिम्मेवारी के हो, सांसद जनताका के गर्दा नेता बन्न सक्छन् भन्ने लगायतका बारेमा सम्झाएका थिए । उनले भने, 'हामी आफ्नो लागि होइन जनताले सहजबाट जीवन व्यक्ति गर्न पाउन र उनीहरूको हकहित तथा संरक्षणका लागि बाटो कोरिदिने प्रतिनिधिका रूपमा कानुन निर्माणका लागि निर्वाचित भएकाले आआफ्नो जिम्मेवारी वहन गरेमा राजनीतिमा दीर्घकालीन रूपमा टिक्न सक्छौं नत्र त्यसपछि जनताले अवसर नदिने पर्याप्त उदाहरण छन् ।'

त्यस्तै अर्का पूर्व सांसद सुन्दरबहादुर विश्वकर्माले सांसदहरूको संसदमा काम कर्तव्य के हो बारे जानकारी गराएका थिए । उनले सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराउन सक्ने, पार्टीबाट अवसर नपाएपनि शून्य समयमा जनताको आवश्यकताका कुरा बारे आवाज उठाउन सक्ने, विधेयकमा असहमति जनाउन सक्ने लगायतका कुरा गर्न सक्ने बताएका थिए । 

कार्यक्रममा उपस्थित अधिवक्ता मनोज यादवले प्रदेश सभा, प्रदेश सांसद र प्रदेश सरकारको काम कर्तव्यको संवैधानिक व्यवस्था बारे जानकारी गराएका थिए । उनले संविधानमा प्रदेश सभाको एकल अधिकार सूची र साझा अधिकार सूचीसहित बारे वर्तमान सांसदहरूलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी महिला तथा सीमान्तकृत सांसदहरूले आफूहरूले संसदमा बोल्न पाउने अवसर कसरी पाउने, के को विषयमा बोल्ने र अवसर नपाएका सांसदले हाउसमा कुन समयमा आफ्ना कुरा राख्न पाउने भन्ने जिज्ञासा राखेका थिए ।

यूएनडीपीको सहयोगमा प्रदेश सभाले वर्तमान महिला तथा सीमान्तकृत सांसदहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्दै आएको छ । समूहगत र"पमा एक अर्काबीच छलफल गराई क्षमता अभिवृद्धि गराउने कार्यक्रमलाई निरन्तरता दिँदै आइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x