मधेश

मधेशमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दैनिक हजार बढी अस्पताल पुग्दै

सुभाष कर्ण |
साउन २३, २०८० मंगलबार ९:२६ बजे

आँखा पाक्ने रोग फैलिएपछि चेकजाँचका लागि अस्पतालमा लाइन बस्दै । तस्बिर : सुभाष कर्ण/इकागज

जनकपुरधाम- मधेश प्रदेशमा आँखा पाक्ने रोगको प्रकोप दिनानुदिन बढ्दै महामारीको रुप लिइसकेको छ । आँखा पाक्ने रोगको प्रकोप जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्लामा रहेको छ ।

शुरुमा सामान्य स्थितिमा रहेको यो रोग अहिले भयावह स्थितिमा पुगेको छ । आँखा पाक्ने रोगीहरूको संख्यामा ह्वात्तै वृद्धि भएपछि जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको भिड पनि बढेको छ । शुरुवाती समयमा ५/६ जना बिरामी मात्रै आउने गरेकोमा अचेल दैनिक ७ सयदेखि ८ बिरामी मात्रै जानकी आँखा अस्पतालमा आउने गरेको सो अस्पतालका प्रमुख डा. आशिष बोहोराले इकागजलाई जानकारी दिए ।


पछिल्लो केही दिनयता आँखा पाक्ने समस्या लिएर आउने रोगीहरू १ हजारमा ७ सय देखि ८ सयसम्म आँखा पाक्ने बिरामीहरू आउने गरेको उनको भनाई छ । बोहोराका अनुसार आँखा पाक्ने समस्या लिएर यस आँखा ७/८ आउने गरेको छ । यस बाहेक निज अस्पताल र प्रादेशिक अस्पतालमा समेत गरी हजारभन्दा बढी आँखा पाक्ने रोगीहरू पुग्ने गरेका छन ।

दुई साता अगाडि आँखा पाक्ने रोगको समस्या लिएर आउने बिरामी संख्या ४०/४५ जना मात्रै थियो । अहिले प्रत्येक परिवारमा २/४ जनामा दैनिक यो रोग सर्ने गरेको कारण उच्च बिन्दुमा पुगेको उनले भने । भारतमा पनि संक्रमण एकदमै धेरै देखिएको छ । किनकी जानकी आँखा अस्पतालमा भारतको सीमावर्ती सितामढी, मधुबनी दरभंगा जिल्लासम्मका बिरामी आउने गरेको छ । जसरी जाडो महिनामा रूघाखोकीको संक्रमण बढ्छ, त्यस्तै आँखा पाक्ने यो समस्या पनि सिजनल फ्लु हो ।

२/३ वर्षअघि पनि यसरी नै यो रोग फैलिएको थियो । पछिल्लो दुई वर्ष भने खासै धेरै देखिएन । तर यसवर्ष वर्षा नभएको कारण धेरै गर्मी भएको कारण यो एक महिनायता भने संक्रमित बढेका छन् । तर हामी आत्तिनुपर्ने, त्रसित हुनुपर्ने अवस्था छैन । २ हप्ता भित्रै आफै कम हुँदै निको हुने गरेको कारण डराउने आवश्यकता छैन ।

उता प्रदेश स्वास्थ्य निर्देशालयले दिनहुँ हजारभन्दा बढी संक्रमित हुने गरेको कारण अहिलेसम्म आँखा पाक्ने रोगबाट कतिजना संक्रमित भएको हो भन्ने कुरा यकिन तथ्यांक नरहेको जनाएको छ । निर्देशनालयका निर्देशक डा. राजीव झाले भने जानकी आँखा अस्पतालमा मात्रै दैनिक ७/८ जना संक्रमित पुग्ने गरेको छ । तर यी बाहेक निजी क्लिनिक र प्रादेशिक अस्पतालमा कतिको संख्या गइरहेको छ त्यसको तथ्यांक नै छैन । एक/दुई हप्ता भित्रै आफै निको हुने गरेको कारण कयौं संक्रमित अस्पताल नै नजाने गरेको कारण यकिन तथ्यांक संकलन गर्न सकिएको छैन ।

सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँशु बग्ने, घाममा हिँड्न गाह्रो हुने लगायतका यो रोगको लक्षणहरू हुन् । सावधानी अपनाइए यो रोगको संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. रामनरेश पण्डितले बताएका छन् ।

उनले भने यो रोगबाट प्रभावित हुने उमेर सीमा नभएपनि बालबालिका बढी प्रभावित भइरहेको छ । रोग प्रतिरोधात्मक क्षमता बढी भएका व्यक्ति संक्रमित ४/५ दिनमै निको हुने, कमजोर क्षमता भए बढीमा दुई सातासम्ममा निको हुने गरेको छ ।

चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । आँखा पाक्ने रोग एलर्जीबाट हुने गरेको छ । तर यसवर्ष महामारीको रुपमा फैलिनुका कारण भाइरस र ब्याक्टेरियाबाट आँखा पाक्ने गरेकाले सरुवा रोग हुन गएको छ । भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सारिरहेको उनको भनाई छ ।

संक्रमण हुँदा हेर्न गाह्रो त हुन्छ तर दृष्टिमा खासै असर गर्दैन । यसले विशेषगरी आँखाको बाहिरी झिल्लीलाई असर गर्छ, उनले थपे, कोरोना भाइरस जसरी हावाबाट एकअर्कामा सथ्र्याे, त्यसरी त यो सर्दैन । आँखा पाकेको अवस्थामा सावधानी अपनाउन जरुरी रहेको चिकित्सकहरूको भनाई छ ।

चिकित्सकहरूले आँखा पाकेको अवस्थामा संक्रमितले बिहानी बेलुका चिसो पानीले आँखा धुने, बर्फले आँखा सेक्ने, धुँवा, धुलोबाट बच्नु, साबून पानीले हात धुने सेनिटाइजर प्रयोग गर्ने, कालो चश्मा (सनग्लास) प्रयोग गर्ने र भीडभाडबाट बच्न जरुरी छ ।

एक व्यक्तिबाट अर्कामा नसर्न सामाजिक दूरी कायम गर्ने, संक्रमितले आइसोलेट हुने, उनले प्रयोग गर्ने रुमाल गमछा लगायतका कपडा अरुले प्रयोग नगर्ने, संक्रमितबाट छुट्टै बस्नुपर्छ । यसलाई सर्नबाट रोक्न बच्चाहरूलाई सकेसम्म बिरामी अवस्थामा स्कुल नपठाउन चिकित्सकहरूको सुझाव छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x