मधेश

मधेश सरकारले पायाे पूर्णता, गृहमा समिम र श्रममा सिंह

सुभाष कर्ण |
साउन १५, २०८० सोमबार १९:२० बजे

जनकपुरधाम- रिक्त रहेका दुई मन्त्रालयमा परिपूर्ति गरी मधेश प्रदेश सरकारले आठ महिनापछि सरकारलाई पूर्णता दिएकाे छ ।

मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफैँसँग राखेका रिक्त मन्त्रालयहरूमा मन्त्री नियुक्त गरेका छन् । सोमबार मुख्यमन्त्री यादवले गृह तथा सञ्चारमन्त्रीमा सप्तरीका मोहम्मद समिमलाई र श्रम तथा यातायातमन्त्रीमा जनमतका चन्दन सिंहलाई नियुक्त गरेका हुन् ।


मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त दुवै मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्रीले जसपाबाट बिनाविभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा तत्काल राखिने बताएका छन् ।

स्वतन्त्रबाट चुनाव जितेर सामाजिक विकासमन्त्री बन्न जसपा प्रवेश गरेकी साह कांग्रेस सरकारमा सहभागी हुँदा बिनाविभागीय बनाइएकी थिइन् । अर्का बिनाविभागीय मन्त्री जनमत पार्टीका वसन्त कुशवाहालाई हटाएर उनकाे ठाउँमा जनमतबाट सिंहलाई श्रम तथा यातायात मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x