मधेश

सुन तस्करी प्रकरणमा नेता महराको संलग्नता छैन : मन्त्री शर्मा

सुभाष कर्ण |
साउन ५, २०८० शुक्रबार ११:१७ बजे

जनकपुरधाम- सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत दुई दिन अघि बरामद भएको एक क्‍वीन्टल प्रकरणमा माओवादी नेता एवं पुर्व सभामुख कृष्ण महारादुर महरा बाबू छोराको कुनै संलग्नता नरहेको बताएकी छन् ।

शुक्रबार नेपाल टेलिकम जनकपुरधामको एक कार्यक्रममा सहभागी आएकी मन्त्री शर्माले विमानस्थल जनकपुरधाममा संचारकर्मीसँग कुरा गर्दै सो कुरा बताएकी हुन् ।


मन्त्री शर्माले सुन तस्करीमा महारा बाबू छोराका कुनै संलग्नता छैन । पछिल्लो पटक ईसिगरेट सुन तस्करीमा बिना कुनै तथ्य प्रमाणको नाम जोडियो भनेर दाबी गरे। उनले मन्त्री शर्माले नागरिकता सुशासन र भ्रष्टाचार विरूद्ध लागिपरेको बताउँदै सेवा प्रवाहमा समेत विगतको भन्दा सुधारको अवस्था आएको बताइन् ।

उनले मुलुकमा सामन्तवादको अवशेषको रुपमा रहेको मिटर ब्याजलाई समाप्त पार्न सरकारले कानुन अनुसार दण्डित गर्ने ऐन नै निर्माण छ केही असन्तुष्टिहरू भएपनि त्यसलाई विस्तारै समाधान गरेर जाने बताइन् । मन्त्री शर्माले कानुन विस्तारै संशोधन गर्दै जाने भएको कारणले मिटर ब्याज सम्बन्धी कानुनमा देखिएको समस्यालाई संशोधनमार्फत हल गर्ने बताए । 

लामो समयदेखि रहेको नागरिकता समस्या समाधान गरेको र केही समस्या नियमावलीमार्फत समाधान हुने भएकाले नागरिकता सम्बन्धि नियमावली निर्माणको क्रममा रहेकाले सरकारले छिट्टै ल्याउने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x