मधेश

निजामती ऐन चाँडै संसद्‍मा प्रस्तुत हुन्छ : मन्त्री मोदी

सुभाष कर्ण |
चैत ४, २०७९ शनिबार २१:३७ बजे

जनकपुरधाम- संघीय निजामती सेवा ऐन चाँडै नै संसद्‍मा प्रस्तुत गर्ने नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेश प्रदेशको दोस्रो प्रदेश अधिवेशनको समुद्घाटन गर्दै मन्त्री मोदीले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि प्राथमिकतामा रहेको बताउँदै चाँडै संसद्‍मा प्रस्तुत गर्ने उल्लेख गरे ।


उनले भने, 'ऐनको ड्राफ्ट तयार तयार गर्न आफूले पूर्वप्रधानमन्त्री, मुख्य सचिव, सचिवसहितका प्रशासक र पूर्व प्रशासकहरू, पूर्वमन्त्रीहरू, विभिन्न ट्रेड युनियन र सरोकारवाला मात्र नभइ संवैधानिक निकायका प्रमुखहरूका साथै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसँग समेत छलफल भइसकेको छ ।'

संघीयता कार्यान्वयन र सुशासनका लागि संघीय निजामती सेवा ऐन अपरिहार्य रहेकाले सरकारले प्राथमिकताका साथ संसद्‍मा ल्याउन सक्रिय रहेको मन्त्री मोदीको तर्क छ । उनले ऐनमा रहेका धेरै कुराहरू अहिले नै भन्न नमिल्ने भन्दै अहिले नै भनियो भने कर्मचारी साथीहरू हलै छाडेर जाने सम्भावनाको संकेत समेत गरेका छन् । उनले ऐनमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष तोक्ने सहमति भइसकेको जानकारी समेत दिए ।

सो संगठन निजामतीको मधेश प्रदेश समितिको नयाँ नेतृत्व समेत अधिवेशनले चयन हुने बताइएको छ । कार्यक्रममा मधेश प्रदेशकी उद्योग पर्यटन बन तथा वातावरण मन्त्री सुनिता यादव, संगठनका केन्द्रीय र प्रदेशका नेतृत्वहरूको उपस्थिति रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x