मधेश

पोखरीमा डुबेर बालकको मृत्यु

इकागज |
चैत १, २०७९ बुधबार ११:२० बजे

सप्तरी- सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चोकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो ।

घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो ।


बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।  


Author

थप समाचार
x