मधेश

संघीयता कार्यान्वयनमा अझै चुनौती : मुख्यमन्त्री राउत

सुभाष कर्ण |
पुस १८, २०७९ सोमबार १९:२८ बजे

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनमा  चुनौती रहेको बताएका छन् ।

सोमबार प्रदेश सांसदहरूको शपथग्रहणपछि बसेको प्रदेशसभाको पहिलो अधिवेशनको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताएका हुन् ।


नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने भन्दै उनले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकाले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको समन्वयमा ध्यान दिनुपर्ने बताए ।

‘चुनौतीका बीच प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्त्व राख्दछ,’ राउतले भने,‘ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयाे ।’

संघीयता कार्यान्वयनकै लागि संघीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नु परेको बताउँदै उनले मुलुकमा मधेस प्रदेशले मात्र संघीयता टिकाएको दाबी गरे । प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघीयता कार्यान्वयन हुन सक्ने मुख्यमन्त्री राउतकाे भनाइ  ।

स्रोतसाधनको अभावबीच ५ वर्षको यात्रा निकै कष्टकर भएको गुनासो गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्रीका रूपमा काठमाडौं जाँदा तीनकुनेमा गाडी बिग्रिएर अलपत्र परेको अनुभव पनि साझा गरेका थिए ।

पाँच वर्षे कार्यकालमा कार्यकक्ष र कर्मचारी अभावले भनेजस्तो काम गर्न नसकेको पनि उनको भनाइ थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x