कोशी

प्रदेशसभा सचिवलाई शपथ

इकागज |
बैशाख ९, २०८१ आइतबार १८:१९ बजे

काठमाडौँ- कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले पुनः नियुक्तिपछि शपथ ग्रहण गरेका छन् ।

आइतबार प्रदेश सभा भवनमा आयोजित एक कार्यक्रमबीच प्रदेश सभामुख अम्बरबहादुर विष्टले पराजुलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १९५ अनुसार सभामुखको सिफारिशमा प्रदेश प्रमुखले प्रदेश सभाको सचिव नियुक्त गर्ने प्रावधान रहेको छ ।


५ वर्षको कार्यकाल समाप्त भई अवकाश हुन लागेका पराजुलीलाई सभामुख अम्बरबहादुर विष्टको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले पुनः नियुक्त गरी म्याद थप गरेका हुन् । ०७६ साल वैशाख ८ गते नियुक्त भएका पराजुली यही ०८१ वैशाख ८ गतेदेखि अवकाशमा जान लागेका थिए ।

कार्यकाल पूरा गरेपछि पुनः एक कार्यकाल नियुक्ति हुन सक्ने कानुनी प्रावधानअनुसार उनलाई नियुक्ति गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । ६५ वर्षे उमेर हदका कारण उनले करिब साढे दुई वर्ष प्रदेश सभाको सचिवको भूमिका निर्वाह गर्ने बताइएको छ । 


Author

थप समाचार
x