कोशी

प्लाइ उद्योगमा भीषण आगलागी

इकागज |
फागुन २८, २०८० सोमबार ९:४८ बजे

काठमाडौँ- झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती प्लाइ उद्योगमा आगलागी भएको छ । आज बिहान करिब सवा ५ बजेदेखि सुरू भएको आगलागी नियन्त्रणको प्रयास भइराखेको छ ।

६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिएका छन् ।


झापाकै ठूलोमध्येको प्लाइ उद्योगमा आगलागी कसरी भयो अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Author

थप समाचार
x