कोशी

उर्लाबारी आगलागी : उपचाररत कार्कीको मृत्यु, मृतकको संख्या चार पुग्यो

इकागज |
मंसिर ९, २०८० शनिबार ९:५८ बजे

सांकेतिक तस्बिर

मोरङ- कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा घाइते भएका रुकुमबहादुर कार्कीको मृत्यु भएको छ । आईसियू कक्षमा उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा शनिबार बिहान ६८ वर्षीय कार्कीको मृत्यु भएको हो ।

उनको शरिरमा करिब ४० प्रतिशत भाग जलेको थियो । उक्त आगलागीमा मृत्यु हुनेको संख्या चार पुगेको छ । साथै २८ जना घाइते भएका थिए ।



Author

थप समाचार
x