कोशी

विराटनगर महानगरले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई जनही एक लाख नगदसहित सम्मान गर्ने

इकागज |
चैत ६, २०७९ सोमबार १२:३६ बजे

विराटनगर - विराटनगरका क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । महानगरका मेयर नागेश कोइरालाले केहिदिनभित्रै उनीहरूलाई नगदसहित सम्मान गरिने जानकारी दिए ।

ललितले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीबाट भर्खरै सम्पन्न वर्ल्ड क्रिकेट लिग–२ मा अभूतपूर्व खेल प्रदर्शन गरेका थिए । उनले अन्तिम ३ खेलमा नेपालका लागि ८ विकेट लिन सफल भएका थिए ।


त्यसैगरी यु–१९ टोलीका सदस्य दिपेशले युएईका विरुद्धमा लगातार तीन विकेट लिएर नेपाललाई अन्डर–१९ विश्वकपमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । चारवटा खेलमा नेपालका लागि मैदान उतारिएका दिपेशले कुल १२ विकेट लिएका थिए ।

ललित आइतबार विराटनगर आएका छन् । उनलाई विराटनगर विमानस्थलमा यहाँका क्रिकेट खेलाडी र सम्वद्ध खेल पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यसैबीच ललित र दिपेशलाई मोरङको बेलबारी क्रिकेट क्लवले समेत नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । बेलबारी क्रिकेट टिमबाट यसअघि भएका विभिन्न प्रतियोगितामा खेलेका दिपेश र राष्ट्रिय खेलाडी ललितलाई जनही नगद ११ हजार १११ रुपैयाँसहित सम्मान गर्न लागिएको बेलबारी क्रिकेट क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्यले जानकारी दिए ।


Author

थप समाचार
x