कोशी

मोरङमा प्रदेशसभाको ३७ हजार समानुपातिक मत बदर

इकागज |
मंसिर १३, २०७९ मंगलबार १४:९ बजे

विराटनगर । प्रत्यक्ष र समानुपातिकमा पहिलो बनेको नेकपा एमाले र सत्ता गठबन्धनका चार दल जोड्दा पनि बहुमत नपुर्‍याएको कांग्रेस नेतृत्वको गठबन्धन प्रदेश १ मा सरकार बनाउने होडमा छन् । अहिलेसम्मको मतपरिणामले एकल बहुमतको सरकार बनाउने हैसियत कुनै पनि दलले बनाएका छैनन् । आ–आफ्नो गठबन्धनलाई निरन्तरता दिएरै भए पनि उनीहरु अहिले प्रदेश १ मा सरकार बनाउनका लागि सांसद संख्याको जोड घटाउमा केन्द्रीत हुँदा तिनै दलहरुले पाउने समानुपातिकतर्फको ठूलो संख्याको मत भने बदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मोरङमा मात्रै प्रदेशसभातर्फको ३३ हजार ४७ वटा मत बदर भएको छ । प्रत्यक्षतर्फको मतगणना सकिएर दलहरुको सिट संख्या करिब टुंगो लाग्दा उनीहरुले समानुपातिकतर्फको मततिर केन्द्रीत बनेका छन् । सिट संख्याको मात्रै ध्यानमा रहेका दलहरुलाई समानुपातिककै ठूलो संख्यामा मत बदर भएपनि उनीहरु त्यतितिर गम्भीर बनेका छैनन् ।


दलहरु समानुपातिक मत बढेर आएको खण्डमा सिट संख्या बढ्ने भन्दै समानुपातिकतिरै ध्यान केन्द्रीत गरिरहेका छन् । तर समानुपातिककै ३३ हजार मत बदर भएका कारण दलहरुलाई अहिले प्रत्यक्ष परेको हो । १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मोरङको ५ नम्बरका प्रदेशसभा निर्वाचन क्षेत्रमा समानुपातिक मत बढी बदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशसभाको (१) र (२) नम्बर गरी दुवै निर्वाचन क्षेत्रमा समानुपातिकको कुल ७ हजार ४५५ मत बदर भएको हो । मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर ५ मै सवैभन्दा बढी ७१ दशमलव ९४ प्रतिशत मत खसेको थियो । ठूलो संख्यामा बदर हु“दा क्षेत्र नम्बर ५ (१ र २) मा सदर मत प्रतिशत पनि सवैभन्दा कम ८९ प्रतिशत कायम भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले बताए ।

त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (१ र २) मा १ मा ६ हजार ९७, क्षेत्र नम्बर २ (१ र २) मा ५ हजार ४०९, क्षेत्र नम्बर ३ (१ र २) मा ५ हजार ९०३ मत बदर भएको छ । क्षेत्र नम्बर ४ (१ र २) मा ५ हजार ३८२ र क्षेत्र नम्बर ६ (१ र २) मा ६ हजार ८०१ समानुपातिक मत बदर भएको भएको उनले जानकारी दए । मोरङमा प्रदेशसभामा कुल ६५ दशमलव ८० प्रतिशत हुने ४ लाख ८३ हजार ९५८ मत खसेको जनाइएको छ । जसमध्ये ४ लाख ४६ हजार ९११ मत सदर भएको हो । बा“की ३७ हजार ४७ मत अर्थात ७ दशमलव ६६ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता कायम थिए ।


Author

थप समाचार
x