राजनीति

आजै केन्द्रीय समितिको टुंगाे लगाउन माओवादी स्थायी कमिटी बैठक जारी

इकागज |
पुस १७, २०७८ शनिबार १४:१६ बजे

काठमाडाैँ -  नेकपा (माओवादी केन्द्र)को स्थायी  समितिको बैठक जारी छ। जारी ८ औं महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमै उक्त बैठक बसिरहेकाे केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए।

उनकाअनुसार जारी स्थायी कमिटीबाटै केन्द्रीय कमिटीकाे टुंगाे लगाउने तयारी छ ।आजै माओवादी केन्द्रकाे संसाेधनसहितकाे विधान पारित भइसकेकाे छ । संसाेधित विधानअनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ।


केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। 


Author

थप समाचार
x