गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्यो : उपेन्द्र यादव
काठमाडौँ - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए ।
राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको भन्दै उनले अबको सरकारले अघिल्लो सरकारको गल्ती कमजोरी बताएर मात्र नभएर सबैको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले संसद् अवरोध गर्नुको कुनै तुक नरहेको बताए । माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको उनको भनाइ छ । सबै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने यादवले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया